Market term जस्ताको तस्तै अंग्रेजीमै — अर्थ सजिलो नेपालीमा। (87)
Market गफ (slang) का अर्थ मान्छेले प्रायः बोल्ने अर्थमा लेखिएका हुन् — फरक अर्थ थाहा छ भने Feedback मा भन्नुहोस्।
- NEPSE
- Nepal Stock Exchange — share किनबेच हुने बजार। NEPSE index ले सबै share को औसत चाल देखाउँछ। → हेर्नुहोस्
- SEBON
- Share market को नियामक (regulator) — नियम बनाउँछ, IPO र broker लाई अनुमति दिन्छ, ठगी भए कारबाही गर्छ।
- CDSC
- तपाईंको share digital रूपमा राख्ने संस्था — share को तिजोरी।
- DEMAT / BOID
- Share राख्ने account। BOID भनेको त्यसको १६ अंकको नम्बर।
- MeroShare
- IPO भर्ने, आफ्नो share र dividend हेर्ने website। → हेर्नुहोस्
- TMS
- Broker को online system — यहीँबाट share किन्ने-बेच्ने।
- CRN
- बैंकले C-ASBA मा दर्ता गर्दा दिने नम्बर — MeroShare बाट IPO भर्न चाहिन्छ।
- C-ASBA
- बैंक खातामा पैसा रोकेर (block गरेर) IPO भर्ने system। एकपटक बैंकमा दर्ता गरेपछि CRN पाइन्छ।