बजार पल्टिनुअघि के हुन्छ?
NEPSE का टुप्पो र पिँधअघि volume, breadth, sector, बैंकको नतिजा र नयाँ IPO — हाम्रो आफ्नै data, २ कात्तिक २०८३ सम्म
१. टुप्पोमा volume उफ्रिन्छ, पिँधमा सुक्छ
NEPSE का १०% वा बढीका टुप्पो, १२ sector index र २,३०० भन्दा बढी stock का २०% का टुप्पो हेर्दा, एउटै चित्र देखियो।
| टुप्पोअघि ३ हप्ता | टुप्पोको हप्ता | १–३ महिनापछि | |
|---|---|---|---|
| NEPSE (सामान्यको गुणा) | 1.3× | 2.3× | 0.8× |
| Stock हरू | 1.4× | 3.1× | 0.9× |
NEPSE का ७१% टुप्पोको ५ दिनभित्र सामान्यभन्दा दोब्बर volume को दिन आयो। सबैभन्दा धेरै कारोबार भने टुप्पोपछिका पहिलो ५–८ दिनमा हुन्छ — बेच्नेहरूको भीड। पिँधमा उल्टो: volume आधा (०.५×) मा झर्छ, र सबैभन्दा ठूलो डरको बिक्री पिँधभन्दा करिब ३४ दिन अगाडि नै भइसकेको हुन्छ।
२. चिन्ह एकसाथ देखिँदा
NEPSE ६० दिनको उच्चको २% भित्र हुँदा: volume तातो, A/D line पछाडि (कम stock ले साथ दिँदै), र Float index पछाडि — यीमध्ये कति चिन्ह देखिए?
| चिन्ह | अर्को ६० दिन (median) | ८%+ झर्यो |
|---|---|---|
| कुनै छैन | +12.2% | 20% |
| 1 | +5.7% | 29% |
| २ वा बढी | −3.6% | 43% |
Bollinger mid band (२१ दिन): टुप्पोपछि पहिलो पटक mid band मुनि close करिब ६ दिनमा आयो, टुप्पोभन्दा ~५.६% तल — तर त्यतिबेला पनि करिब १४% गिरावट बाँकी थियो। पिँधपछि पनि त्यस्तै: पहिलो पटक mid band माथि close, ~५% माथि, र अझै ~१८% वृद्धि बाँकी। तर mid band धेरै पटक झुक्याउँछ — stop राख्नैपर्छ।
३. अन्तिम धक्का कसले दिन्छ?
२०१२ यताका २१ टुप्पोमा, अन्तिम २० दिनमा investment, development bank, life insurance र finance ले NEPSE लाई उछिने; hotel र "others" पछाडि परे — र टुप्पोपछि उनीहरूले राम्रोसँग थामे।
| Sector | टुप्पोसम्म (NEPSE भन्दा) | टुप्पोपछि |
|---|---|---|
| Investment | +4.9 | −0.7 |
| Development banks | +4.0 | −0.3 |
| Life insurance | +2.7 | −0.8 |
| Finance | +2.0 | −1.8 |
| Hotels | −4.1 | +2.8 |
| Others | −3.8 | +3.3 |
NEPSE उच्चको नजिक हुँदा यो "speculative sector अगाडि" चिन्ह देखिएका दिनपछि ६० दिनभित्र ५०% पटक ८%+ गिरावट आयो; चिन्ह नहुँदा १९% मात्र।
४. बैंकको त्रैमासिक नतिजा आउने दिन
"बैंकको नतिजा आउँदा बजार झर्छ" — २०२३ यताका ११ त्रैमासिकमा, धेरै बैंकले नतिजा ल्याएको दिन NEPSE ९ पटक झर्यो (median −०.८%; सामान्य दिन −०.०४%)। अर्को ५ दिन ११ मध्ये ८ पटक झर्यो। तर २० दिनपछि मिश्रित — यो छोटो बिक्री हो, प्रवृत्ति बदलिएको होइन। (नमुना सानो छ।)
५. नयाँ IPO: कहिले बेच्ने?
२०१२ यता सूचीकृत भएर ३+ दिन upper circuit छोएका ६५ IPO मा: circuit का दिन कारोबार थोरै (केही सय कित्ता) हुन्छ। त्यसपछि पहिलो पटक त्यसको १० गुणा volume आउने दिन — listing को टुप्पो कहिल्यै त्यो दिनभन्दा अगाडि आएन; ४६% पटक त्यो दिनको ३ दिनभित्र टुप्पो लाग्यो। त्यो दिनको close पछि ६० दिनभित्रको सबैभन्दा तल्लो बिन्दु median −२०%, र टुप्पोको १२० दिनपछि median −२७%।
यसलाई कहाँ प्रयोग गर्ने?
यी चिन्ह हरेक दिन Market Summary र Broker’s Ground → Volume Warnings मा "Top / bottom warning" मा देखिन्छन् — नयाँ IPO को बेच्ने चिन्ह र बैंक नतिजाको मौसम सहित। तपाईंको portfolio मा भएको नयाँ IPO ले बेच्ने चिन्ह देखायो भने portfolio मै सूचना आउँछ।
यी विगतका ढाँचा हुन्, वाचा होइनन् — हरेक तालिका सम्भावना हो। Data: NEPSE दैनिक २००० देखि, stock र sector index, ShareSansar को नतिजा समाचार नोभेम्बर २०२२ देखि।