🎓 Share market Basics · पाठ 8/10
कारोबारका नियम र खर्च
दैनिक ±15% सीमा, T+2, short selling छैन, अनि किन्दा-बेच्दा लाग्ने commission, SEBON शुल्क, DP शुल्क र कर। · ⏱ 3 मिनेट
तीन नियमले हरेक भाउ बनाउँछ
- दैनिक मूल्य सीमा (circuit): एक दिनमा कुनै share अघिल्लो दिनको closing भन्दा 15% भन्दा बढी माथि वा तल जान सक्दैन। २०२६ मा यो सीमा १०% बाट 15% बनाइयो। त्यसैले ठूलो चाल धेरै दिनमा टुक्रा-टुक्रा भएर आउँछ।
- T+2 राफसाफ: सोमबार किनेको share बुधबार DEMAT मा आउँछ, पैसा पनि त्यही बेला काटिन्छ। बेच्दा पनि पैसा यस्तै समयमा आउँछ।
- Short selling छैन: आफ्नो DEMAT मा राफसाफ भइसकेको share मात्र बेच्न मिल्छ। भाउ घट्छ भनेर पहिले बेचेर पछि किन्ने बाटो नेपालमा छैन।